Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

यू-१९ प्रिमियर कप: उपाधि जित्न नेपाललाई युएईले दियो १४८ रनको लक्ष्य

यू-१९ प्रिमियर कप: उपाधि जित्न नेपाललाई युएईले दियो १४८ रनको लक्ष्य

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ प्रिमियर कपको उपाधि जित्न नेपालले १४८ रनको लक्ष्य दिएको छ । घरेलु टोली यूएईले ४५.५ ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई १४८ रनको लक्ष्य दिएको हो।

नेपालका मण्डलले ६ विकेट लिँदै यूएईको ब्याटिङ अडरलाई धराशायी बनाए। ६.५ ओभर बलिङ गरेका उनले २ मेडनसहित १७ रन खर्चिएर ६ विकेट लिए। अपराजित पौडेलले २ विकेट लिँदा नीतेशकुमार पटेल र अशोक धामीको नाममा समान १-१ विकेट रह्यो।

यूएईका अहमद खुदादादले सर्वाधिक ७१ रन बनाए। १२६ बल खेलेका उनले ६ चौका प्रहार गरे। नुरउल्लाह अयोबी २६ र अयान मिस्बाह ११ रनमा आउट भए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट