काठमाडौं : सागर लम्साल ‘बले’ को शीर्ष भूमिका रहेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले सोमबार पोस्टर सार्वजनिक गर्दै रिलिज डेटको घोषणा गरेका हुन् ।
राजु गिरी निर्देशित फिल्मको पोस्टरले फिल्मको कथावस्तुबारे संक्षिप्त संकेत गर्छ । कुलतमा युवापुस्ता फस्दा आउने सामाजिक असरको कथा यो फिल्ममा छ । पोस्टर बलेलाई मात्र देख्न सकिन्छ । अधिकांश छायांकन कास्कीको याङ्जाकोट र केही काठमाडौंको गागलफेदी आसपासमा भएको हो ।
पटकथा र संवाद लक्ष्मण सुवेदीले लेखेका हुन् । फिल्ममा रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रवीन्द्र झा, कैलाश रावत, विशाल पहाडी, ध्रुव कोइराला, सावित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई लगायतको अभिनय छ । यो फिल्म फिल्म उषा फिल्म्स प्रालि को ब्यानरमा निर्माण भएको हो भने वितरण नेसनल सिने ग्रुपले गर्नेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij