काठमाडौं : एसीसी यू–१९ पुरूष प्रिमियर कपको उपाधिका लागि आज नेपाल र घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा हुँदैछ। लगातार दोस्रो पटक उपाधिको लक्ष्यसहित यूएई पुगेको नेपाली युवा टिमले उपाधिका लागि घरेलु टिमको सामना गर्न लागेको हो। यूएईको अमजानमा हुने यो खेल विहान पौने ११ बजे सुरू हुनेछ।
नेपाल प्रतियोगितामा अपराजित रहँदै फाइनलसम्म पुगेको हो। समूह चरणमा नेपालले साउदी अरेबिया र हङकङलाई फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।
समूह सी को विजेता नेपालले सेमिफाइनलमा मलेसियासँग खेलेको थियो नेपालले मलेसियालाई ५१ रनमा नै अलआउट गरेको थियो।
नेपाली टिम लगातार दोस्रो उपाधिको पर्खाइमा छ। यता अर्को फाइनालिस्ट टिम यूएईले ओमान माथि ८ विकेटको जित निकालेर नेपालसँगको भेट पक्का गरकेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij