काठमाडौँ : कर्णाली याक्सलाई हराउँदै काठमाण्डु गुर्खाजले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको प्लेअफ सम्भावना बलियो बनाएको छ।आज भएको खेलमा कर्णालीविरुद्ध ५ विकेटको जित निकाल्दै काठमाण्डु प्लेअफ नजिक पुगेको हो। जितका लागि कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाण्डुले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।
काठमाण्डुको जितमा गेरहार्ड इरास्मसले नटआउट रहँदै सर्वाधिक ४३ रनको योगदान गरे। जोन सिम्सनले ४१ तथा बेन चार्ल्सवर्थले ३४ रन जोडे। त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो।
उसका लागि गुल्सन झाले अविजित ४९ रनको योगदान गरे। पवन सर्राफले ३५ तथा मार्क वाटले ३० रन जोडे। बलिङतर्फ राशिद खानले सर्वाधिक २ विकेट लिए।
एनपिएलमा भोलि कुनै पनि खेल हुनेछैन। प्रतियोगिताअन्तर्गत पर्सि मंगलवार दुई खेल हुनेछ। बिहान पौने १२ बजे हुने खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स तथा दिउँसो ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij