Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

‘अभिमन्यु : च्याप्टर–१’ मङ्सिर १८ देखि प्रदर्शन, नेपालीसँगै हिन्दीमा पनि विश्वव्यापी रिलिज

‘अभिमन्यु : च्याप्टर–१’ मङ्सिर १८ देखि प्रदर्शन, नेपालीसँगै हिन्दीमा पनि विश्वव्यापी रिलिज

काठमाडौँ : ‘अभिमन्यु : च्याप्टर–१’ यही मङ्सिर १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको छ । नेपाली भाषामा निर्माण गरिएको फिल्मलाई निर्माता विनोद पौडेलले सबै प्रकारका दर्शकलाई लक्षित गर्दै नेपालीसँगै हिन्दी भाषामा पनि रिलिज गर्न लागिएको जानकारी दिए । फिल्म नेपालसँगै भारतसहित विश्वव्यापी रूपमा प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।

फिल्ममार्फत अभिनेता कामेश्वर चौरसिया पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका छन् । दुई दशकभन्दा बढी समय थिएटर तथा चलचित्र क्षेत्रमा बिताएका चौरसिया उत्कृष्ट कलाकारको रूपमा पहिचान बनाउँदै आएका छन् ।

कामेश्वरसँगै फिल्ममा लक्ष्मी बर्देवा, सरिता गिरी, किरण श्रेष्ठ, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

सफल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले निर्माण गरेको ‘अभिमन्यु : च्याप्टर–१’ सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको हो । फिल्मको निर्देशन सुशान्त गौतमले गरेका छन् भने लेखन मुकेश खनालले गरेका हुन् ।

फिल्म निर्माणमा निर्माता पौडेललाई गुञ्जन गिरीले सहकार्य गरेका छन् । विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मका लाइन प्रोड्युसर जीवन शाक्य हुन् । शरद महतोले डीओपीको जिम्मेवारी सम्हालेका छन् भने सम्पादन मदन घिमिरेले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट