काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दोस्रो खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुँदैछ। टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
तीन खेल खेलिसकेर अङ्कविहीन रहेको जनकपुर आज पहिलो जीतका लागि मैदानमा उत्रिनेछ। हाल अङ्कतालिकाको पुछारमा रहेको जनकपुरले जित हासिल गर्नुपर्ने दबाबमा छ।
प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको सुदूरपश्चिम रोयल्स भने चारवटै खेल जितिसकेको छ र अङ्कतालिकाको शीर्ष स्थानमा छ। आजको खेलमा विजयी भएमा सुदूरपश्चिमको प्लेअफमा स्थान सुनिश्चित हुनेछ।
आजै भएको पहिलो खेलमा लुम्बिनीले पोखरालाई तीन विकेटले पराजित गरेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij