Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपाल यु–१९ एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश

नेपाल यु–१९ एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश

काठमाडौँ  : नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसीसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शनिबार भएको सेमिफाइनलमा नेपालले मलेसियालाई नौ विकेटले हराउँदै उपाधिको भिडन्तको यात्रा सुनिश्चित गरेको हो। यससँगै नेपाल एसिया कपमा पनि छनोट भएको छ।

मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७.५ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि भन्स क्षेत्रीले २७ बलमा सर्वाधिक २३ रन बनाए भने निश्चल खत्रीले १८ बलमा १५ रन योगदान दिए। ओपनर निरजकुमार यादव चार रनमा आउट भए।

पहिले ब्याटिङ गरेको मलेसियाले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ५१ रन मात्र बनाउन सक्यो। मलेसियाका लागि हम्जाह पङ्गगीले २० बलमा सर्वाधिक १३ रन बनाए। अन्य ब्याट्सम्यानले ठूलो योगदान गर्न सकेनन्।

नेपालका नितिश कुमार पटेलले सर्वाधिक चार विकेट लिए भने चन्दन रामले तीन विकेट लिएका थिए। कप्तान अशोक धामी, अपराजित पौडेल र रोसन विश्वकर्माले समान एक–एक विकेट लिए।

नेपाल अब सोमबार फाइनलमा ओमान र युएईबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij