काठमाडौँ : संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाले नेपाललाई ५२ रनको लक्ष्य दिएको छ।
अजमान मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १७.२ ओभरमा ५१ रनमा अलआउट भयो। मलेसियाका लागि हमजाह पङ्गीले १३ र मुहम्मद फतुल मुइनले ११ रन जोड्दा पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि नितिसकुमार पटेलले ४, चन्दन रामले ३, र कप्तान अशोक धामी, रोशन विश्वकर्मा तथा अपराजित पौडेलले १/१ विकेट लिए।
यो सेमिफाइनल विजेताले यू-१९ एसिया कपमा सहभागिताको अवसर पाउनेछ। नेपाल समूह ‘ए’ र मलेसिया समूह ‘डि’ का विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij