Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

थाइल्यान्डमा बाढीको वितण्डा, १४५ जनाको मृत्यु

थाइल्यान्डमा बाढीको वितण्डा, १४५ जनाको मृत्यु

काठमाडौँ  : थाइल्याण्डमा बाढीले वितण्डा मच्चाएको छ । अविरल वर्षाका कारण भएको विपत्तिमा अहिलेसम्म १४५ जनाको मृत्यु भएको छ । पानीको सतह घट्दै जाँदा, यस क्षेत्रमा भत्किएका घर, पल्टिएका सवारी साधन र भग्नावशेषहरू छरप्रष्ट देखिन थालेका छन् ।

थाइल्याण्डको विपद् व्यवस्थापन विभागका अनुसार, १२ प्रान्तमा १२ लाख घर र ३६ लाखभन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।सोङखला प्रान्तमा सबैभन्दा बढी क्षति भएको छ । यस प्रान्तमा मात्रै ११० जनाको मृत्यु भएको छ । पानीको स्तर घट्न थालेपछि उद्धार टोलीहरूलाई पहिले पूर्ण रूपमा डुबेका क्षेत्रहरूमा पुग्न सकेका छन् । सोङखला प्रान्तमा मृत्यु हुनेको सङ्ख्या तीव्र गतिमा बढेको छ ।

हात याई शहरका कयौँ बस्ती पूर्ण रूपमा डुबेका थिए । जसका कारण उद्धारकर्ताहरू त्यहाँ जान सकेका थिएनन् । पानीको सतह घट्दै जाँदा ठुलो सङ्ख्यामा शवहरू बरामद भइरहेका छन् । अधिकांश प्रभावित क्षेत्रहरूमा पानीको स्तर घट्दै गएको भए पनि धेरै ठाउँमा पानीको स्तर उच्च रहेको प्रकोप विभागले बताएको छ ।मौसम विभागले वर्षामा कमी आएको पुष्टि गरेको भए पनि केही क्षेत्रमा आँधीबेहरीको चेतावनी जारी गरेको छ । उद्धार कार्यहरू तीव्र पारिएको र अलपत्र परेका मानिसहरूलाई सुरक्षित स्थानहरूमा सारिएको सरकारले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट