काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीका कप्तान सोप्माल कामीले टस जित्दै विराटनगरका skipper सन्दीप लामिछानेलाई फिल्डिङको निम्तो दिए।
कर्णालीका लागि आजको खेल पाँचमध्ये चौथो हो। टोलीले अघिल्ला तीन खेलमध्ये लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको उत्कृष्ट जित दर्ता गरेको थियो भने सुदूरपश्चिम रोयल्सविरुद्ध ४५ रन र चितवन राइनोजसँग चार विकेटले पराजित भएको थियो।
विराटनगरको भने यो पाँचौँ खेल हो। टोलीले सुरुवाती तीन खेलमा क्रमशः पोखरा एभेन्जर्सलाई ५३ रन, काठमाडौँ गोर्खाजलाई पाँच विकेट र जनकपुर बोल्ट्सलाई नौ रनले हराउँदै लगातार जितेको थियो। तर चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएपछि यसको अपराजित यात्रा रोकिएको थियो।
यसैगरी, आजै बिहान ११ः४५ बजे लिगअन्तर्गत भएको अर्को खेलमा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सलाई ५३ रनले पराजित गरेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij