काठमाडौं : जापानको राजधानी टोकियोस्थित योयोगी राष्ट्रिय रंगशालामा आयोजित ‘मिस इन्टरनेसनल २०२५’ को ग्रान्ड फिनालेमा कोलम्बियाकी क्याटालिना डुकले उपाधि जितेकी छन्। यस वर्ष प्रतियोगितामा ८० मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा जिम्बाब्वेकी योलान्डा चिम्बारामी फस्ट रनरअप, बोलिभियाकी पाओला गुज्मान सेकेन्ड रनरअप, इन्डोनेसियाकी मेलिजा जेभियरा युलिआन थर्ड रनरअप र फिलिपिन्सकी मिरना एसगुएरा फोर्थ रनरअप घोषित भएका छन्।
प्रतियोगिताको शीर्ष २० सहभागीले स्विमसूट र साँझको गाउन दुवै विधामा प्रतिस्पर्धा गरेका थिए। त्यसमध्ये शीर्ष १० ले दिगो विकास लक्ष्य सम्बन्धी सार्वजनिक भाषण पनि प्रस्तुत गरेका थिए।
नेपालबाट यस वर्ष मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारीले सहभागिता जनाएकी थिइन्। तर, नेपालले अन्तिम २० अर्थात सेमिफाइनलमा स्थान बनाउन सकेन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij