Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपीएल: काठमाडौँ गोर्खाजले चितवन राइनोजविरुद्ध ब्याटिङमा मध्यम सुरुआत

एनपीएल: काठमाडौँ गोर्खाजले चितवन राइनोजविरुद्ध ब्याटिङमा मध्यम सुरुआत

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत काठमाडौँ गोर्खाज र चितवन राइनोजबीचको खेलमा काठमाडौँले ब्याटिङ पावर प्लेमा मध्यम सुरुआत गरेको छ। शुक्रबार (मंसिर १२) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौँले पहिलो ६ ओभरमा तीन विकेट गुमाउँदै ३९ रन बनाएको छ।

हाल क्रिजमा रहेका जोन सिम्पसनले १४ रन बनाएका छन् भने मिलिन्द कुमारले १ रन बनाएका छन्। पभेलियन फर्किएका ओपनर बेन चार्ल्सवर्थले १३ रन, आकाश त्रिपाठीले ४ रन जोडेका थिए। आकाश दोस्रो ओभरको अन्तिम बलमा रनआउट भएका थिए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका राशिद खानले ६ रन जोडेका छन्।

चितवनका रञ्जित कुमार र साहेल तान्विरले समान एक–एक विकेट लिएका छन्।

काठमाडौँको यो लिगमा पाँचौँ खेल हो। यसअघि काठमाडौँले लुम्बिनी लायन्सलाई २२ रन र जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो। विराटनगर किंग्ससँग पाँच विकेटले हार र सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो।

चितवनको चौथो खेलमा, उसले विराटनगर किंग्सलाई ४८ रनले र कर्णाली याक्सलाई चार विकेटले हराएको थियो भने लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij