Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपिएलमा आज दुई रोमाञ्चक खेल: चितवन–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै

एनपिएलमा आज दुई रोमाञ्चक खेल: चितवन–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई महत्वपूर्ण भिडन्त हुँदै छन्। पहिलो खेल बिहान पौने १२ बजे चितवन राइनोज र काठमाडौं गोर्खाजबीच हुनेछ भने दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किंग्स आमनेसामने हुनेछन्।

पहिलो खेल: चितवन बनाम काठमाडौं

दुवै टोलीका लागि आजको खेल उच्च महत्वको छ।

  • चितवन र काठमाडौं दुवैले अहिलेसम्म २–२ खेल जितेका छन्।

  • चितवनले तीन खेल खेलेको छ—एक हार, दुई जीत।

  • काठमाडौंले भने चार खेल खेलेर दुई जीत र दुई हार व्यहोरेको छ।

चितवन राइनोजले

  • उद्घाटन खेलमा कर्णालीलाई ४ विकेटले हरायो,

  • दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भयो,

  • तेस्रो खेलमा विराटनगर किंग्सलाई ४८ रनले हराउँदै उत्कृष्ट पुनरागमन गर्‍यो।

काठमाडौं गोर्खाजले

  • जनकपुर बोल्ट्सलाई पहिलो खेलमा ५ विकेटले हराए,

  • सुदूरपश्चिमसँग २९ रनले र विराटनगरसँग ५ विकेटले पराजित भयो,

  • चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै फर्ममा फर्किएको छ।

चितवनको नेतृत्व कुशल मल्लले गरिरहेका छन् भने काठमाडौंको कप्तानी करण केसीले सम्हालेका छन्।

दोस्रो खेल: विराटनगर बनाम कर्णाली

दोस्रो खेल पनि समान रूपले महत्वपूर्ण मानिएको छ।

  • विराटनगर किंग्सले चार खेलमध्ये तीनमा जित निकाल्दै ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ।

  • पोखरा एभेन्जर्सलाई ५३ रन, काठमाडौंलाई ५ विकेट र जनकपुरलाई ९ रनले हराएको थियो।

  • चितवनसँग भने ४८ रनले पराजित भयो।

कर्णाली याक्सले

  • तीन खेलमध्ये एकमा जीत र दुईमा हार बेहोर्दै २ अंक जोडेको छ।

  • लुम्बिनी लायन्सलाई उसले ९ विकेटले हराएको थियो।

  • चितवनसँग ४ विकेटले र सुदूरपश्चिमसँग ४५ रनले हार बेहोरेको छ।

विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् भने कर्णाली याक्सको कमान सोमपाल कामीको हातमा छ।

अंकतालिकामा ठूलो प्रभाव

लिग चरण अन्तिमतिर जाँदै गर्दा आजका दुवै खेलले अंकतालिकाको समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ। दुवै खेलका लागि टोलीहरूले विदेशी तथा अनुभवी खेलाडीहरू समेटिएको बलियो स्क्वाड मैदान उतार्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij