काठमाडौं : हङकङलाई हराउँदै नेपाल १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । यूएईको अजमानमा आज भएको खेलमा नेपालले हङकङलाई १ सय १९ रनले हरायो ।नेपालले दिएको २ सय ७१ रनको लक्ष्य पछ्याएको हङकङले ४० ओभर ५ बलमा १ सय ५१ रन बनाउँदा सबै विकेट गुमायो । हङकङका कप्तान शिभ माथुरले सबैभन्दा धेरै ३० रन बनाए । नेपालका अपराजित पौडेलले ४, कप्तान अशोक धामीले ३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७० रन बनायो । नेपालका कप्तान अशोक धामीले ७३, दर्श सोनरले नटआउट ४५ रन बनाए । हङकङका ड्यानियल माप र अभिमन्यु गणेशनले २/२ विकेट लिए ।नेपालले समूह चरणको पहिलो खेलमा साउदी अरबलाई ८ विकेटले हराएको थियो । अब नेपालले सेमिफाइनलमा पर्सि मलेशियासँग खेल्नेछ । यस्तै अर्काे सेमिफाइनलमा यूएई र ओमनले पनि पर्सि नै खेल्नेछन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij