Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपिएलमा पोखराको पहिलो जित

एनपिएलमा पोखराको पहिलो जित

काठमाडौं : जनकपुर बोल्ट्सलाई पराजित गरेसँगै पोखरा एभेन्जर्सको हारको श्रृङ्खला रोकिएको छ। वाने पार्नेलको अर्धशतकले पनि जनकपुरको हारको यात्रालाई रोक्न सकेन। वार्नेलले ३८ बलमा अर्धशतक हान्दै जारी एनपिएलमा अर्धशतक हान्ने एघारौँ खेलाडी बनेका छन् पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले ८ विकेट गुमाएर १३० रन बनाउन सक्यो।

जनकपुरका लागि पार्नेल अलवा सन्जय कृष्णमूर्ती २५, माज सदाकतको २०, ललित राजवंशीले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। रूपेश सिंह ७, शुभ कंसाकार र मयन यादवले समान ४/ ४, जन निकल इटन २, अनिल साह १, आसिफ शेख शून्यमा पेभेलियन फर्किए।पोखराका लागि बिपिन खत्री ४, सुमित महर्जन २ विकेट लिए भने कप्तान कुशल भूर्तेल जिम्मी निसमले समान एक एक/विकेट लिए।

टस जितेर पहिले ब्याटिङमा आएको पोखराले ६ विकेट गुमाएर १५५ रन बनायो। पोखराका लागि सुमित महर्जन सर्वाधिक ५० रन बनाए। दिनेश खरेल ३८, त्रितराज दास २९, आडम रोसिङ्टन २४, डान डाउथवेथ ७, जिमि निसम १, कप्तान कुशल भूर्तेल शून्यमा पेभेलियन फर्किए। जनकपुरका लागि सन्जय कृष्णमूर्तीले तीन विकेट लिँदा ललित राजवंशी र कप्तान अनिल साहले एक एक विकेट लिए। अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा दुवै खेलमा पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij