चितवन : राष्ट्रिय निकुञ्जको एक सिङ्गे गैँडाको नामबाट स्थापित ‘चितवन राईनोज’ क्रिकेट क्लब अहिले खेलमार्फत चितवन र गैँडाको ब्रान्डलाई देश–विदेशमा परिचित गराउँदै छ। एनपीएलको दोस्रो संस्करणमा प्रवेश गरेदेखि तीन खेलमध्ये दुई जितसँगै क्लब अग्रस्थानमा छ। पहिलो संस्करणमा चौथो बनेको राईनोज यसपटक उपाधि दाउमा छ।
चितवन मेडिकल कलेजको भगिनी संस्थाका रूपमा स्थापित क्लबले गौतमबुद्ध क्रिकेट रङ्गशाला, भरतपुर महानगर र चितवनलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गरेको जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाको भनाइ छ। क्लबको लोकप्रियताले होटल, रेष्टुरेन्टदेखि सडक पोलसम्म राईनोजका झण्डा फहरिरहेको छ।
अन्तरराष्ट्रियस्तरको रङ्गशाला बन्दै गरेको बेला राईनोजको सफलताले खेल पर्यटन बढाउन मद्दत गरेको स्थानीय पर्यटन व्यवसायीहरूको धारणा छ। खेलका दिन प्रशंसकका लागि बसव्यवस्था हुँदै आएको क्लबलाई आर्थिक फाइदा नभए पनि चितवनको पहिचानलाई विश्वसामु उभ्याउन योगदान गरिरहेको क्लबका पदाधिकारी बताउँछन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij