Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भारतीय लेफ्टिनेन्ट जनरल सेनगुप्ता र सेनाप्रमुख सिग्देलबीच भेटवार्ता

भारतीय लेफ्टिनेन्ट जनरल सेनगुप्ता र सेनाप्रमुख सिग्देलबीच भेटवार्ता

काठमाडौँ  : नेपाल भ्रमणमा रहेका भारतीय सेनाका केन्द्रीय कमान्डका लेफ्टिनेन्ट जनरल अनिंद्य सेनगुप्ताले आज नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन्।

हिजो नेपाल आएका सेनगुप्ता आज सैनिक हेडक्वार्टर भद्रकाली पुगेका थिए, जहाँ दुई सेना प्रमुखबीच सुरक्षा सहयोग, द्विपक्षीय समन्वय र सैन्य क्षमता अभिवृद्धिसम्बन्धी विषयमा विस्तृत छलफल भएको बताइएको छ।

भेटवार्तामा दुवै देशबीचको परम्परागत सैन्य सहकार्यलाई आगामी दिनमा अझ सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विशेष चर्चा भएको स्रोतले जनाएको छ।

लेफ्टिनेन्ट जनरल सेनगुप्ताको नेपाल भ्रमणले नेपाल–भारत सैन्य सम्बन्ध, आपसी विश्वास र मित्रतामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट