Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

विराटनगर किंग्सले फिल्डिङ रोज्यो, चितवन राइनोज पहिलो ब्याटिङमा

विराटनगर किंग्सले फिल्डिङ रोज्यो, चितवन राइनोज पहिलो ब्याटिङमा

काठमाडौं : विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा चितवन राइनोजविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बुधबार हुने खेलका लागि कप्तान सन्दीप लामिछानेले बलिङ रोज्दै चितवनलाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेका हुन्।

विराटनगर किंग्स यसअघिका लगातार तीन खेलमा जित दर्ता गर्दै तालिकाको दोस्रो स्थानमा छ। पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले, दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्दै उनले उत्कृष्ट लय कायम राखेका छन्। विराटनगर आज पनि सोही प्रदर्शन दोहोर्याउने लक्ष्यमा मैदान उत्रनेछ।

चितवन राइनोजले भने एक जित र एक हारसहित तालिकाको चौथो स्थान ओगटेको छ। पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएका चितवनले दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो।

आजको खेलले दुवै टोलीको तालिकास्थिति र मनोबलमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij