काठमाडौं : भारतले आज ७६औँ संविधान दिवस विशेष समारोहसहित मनाउँदैछ। संविधान दिवसको अवसरमा भारत सरकारले संविधानका ९ भाषामा अनुवादित प्रतिहरू सार्वजनिक गरेको छ।
राष्ट्रपति द्रौपदी मुर्मुले राजधानी नयाँ दिल्लीमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेपाली, मलयालम, मराठी, पञ्जाबी, बोडो, कश्मिरी, तेलगू, उडिया र असमिया गरी नौ भाषामा अनुवादित संविधानका संस्करण एकसाथ जारी गरेकी हुन्।
समारोहमा राष्ट्रपति मुर्मुले भारतको भाषिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै संविधानलाई अधिक पहुँचयोग्य बनाउन बहुभाषिक अनुवाद महत्वपूर्ण प्रयास भएको बताइन्।
जारी नौ संस्करणमध्ये पञ्जाबी भाषाको संविधान ५० वर्षपछि पहिलोपटक अद्यावधिक गरी सार्वजनिक गरिएको हो। त्यसैगरी बोडो र कश्मिरी भाषामा पहिलोपटक भारतको संविधान अनुवादित भई औपचारिक रूपमा समावेश गरिएको छ।
भारतले संविधान दिवसलाई लोकतान्त्रिक मूल्य, विविधता र समावेशी पहिचानको सम्मानका रूपमा मनाउँदै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij