Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

शेख हसिनाको अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको घोषणा

शेख हसिनाको अवामी लिगद्वारा देशव्यापी विरोध प्रदर्शनको घोषणा

बंगलादेश : बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना समर्थित अवामी लिग पार्टीले नोभेम्बर ३० सम्म देशभरि विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। गत नोभेम्बर १७ मा इन्टरनेशनल क्राइम्स ट्राइब्युनलले ७८ वर्षीया शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमाललाई मृत्यु दण्डको सजाय सुनाएपछि अवामी लिगले यसलाई “राजनीतिक सडयन्त्र” को संज्ञा दिँदै विरोध प्रदर्शनको कार्यक्रम अघि सारेको हो।

अवामी लिगले आफ्नो आधिकारिक ‘एक्स’ मा जारी गरेको वक्तव्यमा अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसद्वारा हसिना र उनको पार्टीलाई आगामी फेब्रुअरीमा हुने आम निर्वाचनबाट बाहिर राख्न नियोजित रूपमा ट्राइब्युनलको फैसला गराइएको आरोप लगाएको छ।पार्टीले ट्राइब्युनललाई ‘अवैध’ बयान गर्दै उक्त फैसला अस्वीकार गरेको तथा प्रधानमन्त्री युनुसले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ। साथै युनुस र उनका सहयोगीहरूलाई ‘मुक्ति–विरोधी’ तथा ‘राष्ट्रविरोधी’ गतिविधिमा संलग्न भएको आरोपसमेत लगाइएको छ।

अवामी लिगले देशमा देखावटी चुनाव हुन नदिने चेतावनी दिँदै यसको कुनै पनि मूल्यमा प्रतिरोध गरिने बताएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट