सुर्खेत : कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले ११ महिनापछि खेलकुद विकास परिषद्को सदस्यसचिव पदका लागि दरखास्त आह्वान गरेको छ। मंगलबार (मंसिर ९) मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै इच्छुक योग्यता सम्पन्न नेपालीहरूले १५ दिनभित्र दरखास्त पेश गर्न सक्ने जानकारी दिएको हो।
सूचना कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ अनुसार जारी गरिएको छ। मन्त्रालयले दरखास्त प्राप्त भएपछि ऐनको प्रावधानअनुसार प्रक्रिया अघि बढाइने जनाएको छ।
खेलकुद विकास परिषद्को सदस्यसचिव समयमै नियुक्त नहुँदा प्रदेश सरकारले आलोचना खेपेको थियो। यसअघि प्रदेश सरकारले १०औँ तहका कर्मचारीलाई सदस्यसचिव नियुक्त गरेको थियो, तर अदालतले निर्णय बदर गरेको थियो।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij