काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच प्रतिस्पर्धा जारी छ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले फिल्ड रोजेपछि काठमाण्डुले सुरुमा ब्याटिङ गर्ने भएको छ।
तीन खेल खेलेको काठमाण्डु र दुई खेल खेलेको लुम्बिनी दुवैको अंक बराबर दुई–दुई छ। उद्घाटन खेलमा जनकपुरमाथि पाँच विकेटको जित निकाल्ने काठमाण्डुले त्यसपछि लगातार सुदूरपश्चिमसँग २९ रनले र विराटनगरसँग पाँच विकेटले हार व्यहोरेको छ।
लुम्बिनीले पहिलो खेलमा चितवनमाथि ६ विकेटको जित हात पारेको भए पनि दोस्रो खेलमा कर्णालीसँग ९ विकेटले पराजित भएको थियो। आजको खेल दुवै टोलीको लागि जित महत्वपूर्ण रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij