काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सका खेलाडीले शतक वा अर्धशतक प्रहार गरेमा **‘दुगर स्पाइसेस एन्ड फुड प्रडक्ट्स प्रालि’**ले नगद पुरस्कार दिने घोषणा गरेको छ।
कम्पनीको उत्पादन सेन्चुरीको प्रायोजनमा एनपीएलमा शतक प्रहार गर्ने खेलाडीलाई १ लाख र अर्धशतक प्रहार गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिने छ। कम्पनीका म्यानेजिङ डाइरेक्टर आदित्य दुगडका अनुसार, नेपाली क्रिकेटको विकास र खेलाडीहरूको मनोबल बढाउने उद्देश्यले यो पहल गरिएको हो।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले भने, “यो पुरस्कारले खेलाडीलाई उत्साहित बनाउनेछ र उनीहरूको प्रदर्शनमा सम्मानको भावना थप्नेछ। प्रायोजकलाई हामी धेरै धन्यवाद दिन चाहन्छौँ।”
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले एनपीएलको दोस्रो संस्करणमा दुई खेल खेलेको छ। पहिलो खेलमा चितवन राइनोजलाई हराउँदै विजयी सुरुवात गरेको लुम्बिनीले दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो।
युवा खेलाडीलाई अवसर दिँदै आएको लुम्बिनी लायन्सले ट्यालेन्ट हन्टबाट आएका लोकल आइकोनिक प्लेखर समिर अली मुसलमानलाई पहिलो खेलमै मैदानमा उतारेको थियो। यसैगरी, पहिलो संस्करणबाट युवा स्पिनर अभिशेष गौतमलाई निरन्तर अवसर दिइएको छ।
लुम्बिनी लायन्स टोली:
रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल, समिर अली, डार्शी सर्ट, थोमस ड्राका, गुल्बादिन नहब, रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij