Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

ऐतिहासिक बन्दीपुरमा दैनिक हजारौँ पर्यटक, व्यवसायी उत्साहित

ऐतिहासिक बन्दीपुरमा दैनिक हजारौँ पर्यटक, व्यवसायी उत्साहित

तनहुँ  :  ऐतिहासिक तथा पर्यटकीय सहर बन्दीपुरमा हाल आन्तरिक पर्यटकहरूको असाधारण भीड लागेपछि होटल, होमस्टे र बजार क्षेत्रपूर्णरूपमा भरिएका छन्। दैनिक हजारौँ आगन्तुकको आगमनले गाउँका पर्यटन व्यवसायी खुसी भएका छन्।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार पछिल्ला दिनमा दर्जनौँ शैक्षिक भ्रमण टोलीहरू निरन्तर आइपुगिरहेका छन्। उनले भने, “होटल र होमस्टेहरू पूर्ण रूपमा भरिएका छन्, स्थानीय व्यवसायी उत्साहित छन्।”

त्यसैगरी, तनहुँ उद्योग वाणिज्य संघ–बन्दीपुर बजार इकाईका सभापति घनश्याम उपाध्यायले समेत विद्यार्थी, स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य उपस्थितिले बजारमा नयाँ ऊर्जा थपिएको बताए। उनका अनुसार, सबै होटल तथा होमस्टेहरूमा कोठा खाली छैनन्।

पोखरा, चितवन, काठमाडौं, गोरखा, लमजुङ र बुटवलका विद्यालय तथा कलेजहरूले बन्दीपुरलाई शैक्षिक भ्रमणको प्रमुख गन्तव्यका रूपमा रोजirहेका छन्। ऐतिहासिक बजार, पुराना संरचना, सांस्कृतिक परम्परा तथा प्राकृतिक सौन्दर्यका कारण आगन्तुकले मौलिक अनुभव प्राप्त गरिरहेका छन्।

बन्दीपुरका होमस्टे, रेस्टुरेन्ट, हस्तकला पसल, पदमार्ग र स्थानीय पर्व–उत्सवले पनि पर्यटक आकर्षणमा महत्वपूर्ण भूमिका खेलेका छन्। हिमशृङ्खला अवलोकन, दक्षिण एसियाकै ठूलो सिद्ध गुफा, पुरातन बस्ती, टुँडिखेल, थानीमाई, रानीवन, रामकोट, सुनखरी, खड्देवी, विन्ध्यवासिनी, महालक्ष्मी मन्दिर, तसेै प्याराग्लाइडिङ र चट्टान आरोहणजस्ता गतिविधिले बन्दीपुरको लोकप्रियता झनै बढाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट