काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध पहिलो पावर प्लेमै कमजोर सुरुआत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ६ ओभरको पावर प्लेमा २७ रनमै दुई विकेट गुमायो।
इनिङको पहिलो बलमै ओपनर जस ब्रोन विकेट गुमाए भने अर्को ओपनर विनोद भण्डारी ११ रन बनाएर ४.४ ओभरमा आउट भए।
कर्णालीका सोमपाल कामी र विपीन शर्माले समान एक–एक विकेट लिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij