Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपीएल: विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य

एनपीएल: विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य

काठमाडौँ  : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई एक सय ३६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३५ रन बनाएको थियो।

विराटनगरका लागि शुभम् रन्जनेले सर्वाधिक ३७ रन बनाउनु भएको थियो। यस्तै बसिर अहमदले ३६, ओपनर लोकेश बमले २८, माटिन गुप्टिलले १३ र जर्ज मुन्सीले १० रन बनाएका थिए।

बलिङमा जनकपुरका सान्गीथ कोरी र रुपेश सिंहलले दुई-दुई विकेट लिए भने आदित्य महताले एक विकेट लिए।

विराटनगर आज लगातार तेस्रो जितको लक्ष्यमा छ। यसअघि उनीहरूले पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाण्डौं गोर्खाजविरुद्ध जित दर्ता गरेका थिए।

यता, जनकपुर बोल्ट्स पहिलो जित निकाल्ने तयारीमा रहेको छ। उद्घाटन खेलमा काठमाण्डौं गोर्खाजसँग पाँच विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij