काठमाडौं : ‘नेत्रहीन पहिलो महिला विश्वकप क्रिकेट २०२५’ टी–२० प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग सात विकेटले पराजित भएको छ।
श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनल खेलमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा पाँच विकेट गुमाउँदै ११४ रन बनाएको थियो। नेपालका लागि सरिता घिमिरेले अविजित ३५ रन बनाइन् भने बिमला राईले २६ रन योगदान गरिन्।
नेपालले निर्धारित ११५ रनको लक्ष्य भारतसमक्ष राखे पनि भारतीय टोलीले १२.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य हासिल गर्यो। भारतका लागि करुणा केले २७ बलमा ४२ रन बनाइन् भने फुला सरीनले २७ बलमा अविजित ४४ रन बनाउँदै टीमलाई जीत दिलाइन्।
प्रतियोगितामा भारत, नेपाल, पाकिस्तान, श्रीलङ्का, अस्ट्रेलिया र अमेरिका गरी ६ टोली सहभागी थिए। प्रतियोगिता नोभेम्बर ११ मा दिल्लीमा सुरु भएको थियो भने केही खेलहरू बेंगलुरुमा र नकआउट चरणका खेल कोलम्बोमा आयोजना भएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij