सुर्खेत : कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, स्वास्थ्य सेवा ऐन र अन्य नीतिगत विषयमा गम्भीर चासो व्यक्त गरेको छ। समितिको जिज्ञासामा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रतियोगिता सञ्चालनको लागि केन्द्रीय सरकारबाट आवश्यक सुनिश्चितता अहिलेसम्म नआएको जानकारी दिएका छन्।
फागुन १ गते सुर्खेतमा हुने गरी तोकिएको प्रतियोगिताका लागि आवश्यक समन्वय र तयारी मूल आयोजक पक्षबाट पर्याप्त नभएको मन्त्री भण्डारीले बताए। तर, प्रदेश सरकारले आफ्नो तर्फबाट तयारी अवस्थामा रहेको पनि उनले स्पष्ट पारे।
समितिले कर्णाली प्रदेश खेलकुद विकास ऐन संशोधनको आवश्यकता औँल्याउँदै सरकारको ध्यानाकर्षण गराएको छ। मन्त्रालयका अनुसार संशोधन विधेयकको ड्राफ्ट तयार भइसकेको छ र आगामी प्रदेशसभा अधिवेशनमा पेश गरिने तयारी भइरहेको छ।
साथै, समितिका सभापति पूर्णबहादुर खत्रीले कर्णालीमा शिक्षण अस्पताल निर्माणसम्बन्धी जानकारी माग गरिएको बताए। नीति नियम निर्माण तथा कार्यान्वयनमा मन्त्रालयको ढिलासुस्तीप्रति समितिले असन्तुष्टि पनि व्यक्त गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij