Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

जनकपुर–ढल्केवर सडकखण्डमा दुर्घटना: सुमित्रा देवीको घटनास्थलमै मृत्यु

जनकपुर–ढल्केवर सडकखण्डमा दुर्घटना: सुमित्रा देवीको घटनास्थलमै मृत्यु

ढल्केबर  : धनुषामा कार ठक्कर दुर्घटनामा एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन्। मिथिला नगरपालिका–२, हजरा चौक नजिक जनकपुर–ढल्केबर सडकखण्डमा आइतबार बिहान भएको दुर्घटनामा साइकलमा सवार दम्पतीलाई कारले ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मिथिला नगरपालिका–१, लक्ष्मीनिवासकी ५५ वर्षीया सुमित्रा देवी महतोको घटनास्थलमै मृत्यु भएको छ भने उनका पति ६० वर्षीय राजकुमार महतो गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ।

बागमती प्रदेश ०१–०३१ च २०३६ नम्बरको कारले सडक पार गर्दै गरेको साइकललाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। घाइते राजकुमार महतोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij