काठमाडौँ : कन्टेन्ट क्रियटर अर्जुन ARK माथि भएको शारीरिक आक्रमणप्रति सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ। ARK ले बनाएको ‘रोस्ट’ भिडियोका कारण केही व्यक्तिहरू उक्सिएर उनलाई आक्रमणमा उत्रिएको भन्दै प्रयोगकर्ताहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पत्रकार हिमेश पन्तले यस घटनालाई अभिव्यक्ति स्वतन्त्रतामाथिको खुला चुनौती भएको बताएका छन्। उनले टिप्पणी गरेका छन् कि हास्य सहन नसक्ने, तर्क बुझ्न नसक्ने र नेताका पक्षमा अन्धविश्वासपूर्ण रूपमा लाग्ने समूहका कारण देश बिग्रिएको छ।
पन्तले सरकारलाई जनताको सुरक्षामा ध्यान दिन र आक्रमणकारीहरूमाथि कडा कारबाही गर्न आग्रह गर्दै भने, “हिजो ARK लाई कुटे, आज कसैको मिमले पोल्यो भने? भोलि कसैले सत्य बोले पनि कुट्ने हो?”
यस घटनापछि अभिव्यक्ति स्वतन्त्रताको सुरक्षा, अनलाइन क्रियेटरहरूको सुरक्षाको सुनिश्चितता र आक्रमणकारीमाथि कडा कदम चाल्नुपर्ने माग तीव्र हुँदै गएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij