झापा : बिर्तामोड–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।
अनारमनी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार स्थानीयले गएराति बिर्तामोड–६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव खोलामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेर प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।
उक्त घटनासम्बन्धी अनुसन्धानका क्रममा सोही स्थानका ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले दुवै व्यक्तिसँग आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij