काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार (मंसिर ६)को दोस्रो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध विराटनगर किंग्सले पहिलो पावर प्लेमा स्पष्ट दबदबा जमाएको छ ।
टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डूले पहिलो पावर प्लेमा मात्र २२ रन जोड्दा शीर्षक्रमका तीन विकेट गुमायो । काठमाण्डूका ओपनर आकाश त्रिपाठी शून्य, रिकार्डो भास्कोन्सेलोस तीन र प्रतीक श्रेष्ठ दुई रनमै पवेलियन फर्किए ।
हाल काठमाण्डूबाट क्रिजमा बेन चाल्र्सवर्थ (८ रन) र गेरहार्ड इरास्मस (७ रन) रहेको जानकारी प्राप्त छ ।
विराटनगरका मर्चेन्ट डी लाङ्गेले पहिलो पावर प्लेमा दुई विकेट झारे भने एक विकेट रनआउटबाट प्राप्त भयो ।
यसअघि, प्रतियोगितामा काठमाण्डूले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने काठमाण्डू सुदूरपश्चिम रोयल्ससँग २९ रनले हारेको थियो । विराटनगरले भने पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको प्रभावशाली जित दर्ता गरेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij