भोपुजर : जनशक्ति अभावका कारण भोजपुर अस्पतालका आधुनिक उपकरणहरु प्रयोगमा आउन सकेका छैनन्। सदरमुकामस्थित एक मात्र सरकारी भोजपुर अस्पतालमा करिब दुई करोड रुपैयाँको लागतमा सघन उपचार कक्ष (आइसियू) तयार भएको भए पनि आवश्यक जनशक्तिको कमीले सञ्चालनमा ल्याउन सकिएको छैन।
अस्पतालकी प्रमुख डा. पवित्रा श्रेष्ठले बताइन्, “पाँच वर्षअघि नै आइसियू तयार भए पनि जनशक्तिको अभावमा सञ्चालन हुन सकेको छैन। करारमा कर्मचारी राख्न पनि समस्या छ।”
नागरिक समाजका संयोजक पर्शुराम तिवारीले भने, “दुर्गम जिल्लाका अस्पतालमा सरकारले पर्याप्त जनशक्ति व्यवस्थापन नगर्दा स्वास्थ्य सेवा प्रभावित भईरहेको छ। भोजपुर अस्पतालको समस्या यही हो।”
डा. श्रेष्ठले बताएअनुसार, जिल्लामा भौतिक सुविधा भए पनि जनशक्ति अभावका कारण बिरामीहरूले अझै धरान, विराटनगर वा काठमाडौँ जस्ता सुविधा सम्पन्न अस्पताल जानुपर्ने बाध्यता रहँदै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij