Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपीएल २०२५ : रोयल्स पोखरा एभेन्जर्सलाई १८ रनले पराजित, तालिकामा शीर्ष स्थानमा

एनपीएल २०२५ : रोयल्स पोखरा एभेन्जर्सलाई १८ रनले पराजित, तालिकामा शीर्ष स्थानमा

कीर्तिपुर : नेपाल प्रिमियर लिग (NPL) २०२५ अन्तर्गत बिहिबार TU अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रोयल्सले टस हारेर पहिले ब्याटिङ रोजेको थियो। सुरुवातदेखि आक्रामक खेल देखाउँदै जोश ब्राउन र विनोद भण्डारीले टीमलाई ठुलो सुरुवात दिलाए। ब्राउनले ३५ बलमा ६८ रन बनाउँदा भण्डारीले ४३ रन थपे। यी दुईको जोडीले प्रारम्भिक १० ओभरमै ९९ रन जोडेर खेल रोयल्सतर्फ मोडे। विकेट गुमाए पनि रोयल्सले २० ओभरमा १९३/७ रनको चुनौतीपूर्ण स्कोर बनाउँदै बलिङ टिममाथि दबाब बनायो। एभेन्जर्सका डान डाउथवैतले ४ ओभरमा २ विकेट लिए, तर अरू बलरले रोयल्सको रन गति रोक्न सकेनन्।

जवाफमा १९४ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सको सुरुवात कमजोर रह्यो। प्रारम्भिक ३ विकेट २८ रनमै गुमाएपछि टिम संकटमा पर्यो। तर कुशल भुर्तेलले ५३ रनको आक्रामक पारी खेल्दै टिमलाई बचाउने प्रयास गरे। जिमी निशामले पनि रन थप्न खोजे, तर आवश्यक रनरेट कायम राख्न सकेनन्। अन्ततः एभेन्जर्स १७५/८ रनमै रोकियो । खेलको निर्णायक पल ब्राउन–भण्डारीको धमाकेदार जोडी र रोयल्सका बलरहरूको दबाबपूर्ण प्रदर्शन रहे। पिलियर अफ द म्याच जोश ब्राउन घोषित भए । रोयल्सले बलिङ, ब्याटिङ र फील्डिङमा सन्तुलन देखाउँदै तालिकाको शीर्ष स्थानमा आफ्नो पकड सुरक्षित गरेको छ। अर्कोतर्फ, लगातार दुई खेल हारेको पोखरा एभेन्जर्सले टप–अर्डर सुधार र पावरप्ले रणनीति पुनर्विचार गर्नुपर्ने चुनौती सामना गर्दैछ।

आजको खेल तालिका:

बिहान ११:१५ बजे: कर्णाली याक्स vs लुम्बिनी लायन्स दिउँसो ३:३० बजे: बिराटनगर किंग्स vs काठमांडू गोरखाज

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij