Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमको दोस्रो जित

नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमको दोस्रो जित

काठमाडौं : सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको  छ। कीर्तिपुर क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले ८ विकेट गुमाएर  १७५ रन बनायो।पोखराका लागि कुशल भुर्तेलले ५३ रन र जिम्मी निसमले ४७ रन बनाए आउट हुँदा डान डाउथवैटको ३७ रनको योगफल पर्याप्त हुन सकेन।

विपिन खत्री, सुमित वर्मा,  किरण ठगुन्ना, अभिशेख तिवारी,  दिनेश खरेल र एडम रोसिङ्टनले दोहोरो रन बनाउन सकेनन्।

सुदूरपश्चिमका लागि हर्मित सिंह दुई, हेमन्त धामी, दिपेन्द्रसिंह ऐरी, नरेन साउद, स्कट कुग्गेलेजिन र अविनाश बोहराले समान एक एक विकेट लिए।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमका लागि जोश ब्रोनले सर्वाधिक ६८ रन बनाए। त्यस्तै विनोद भण्डारी ४३, क्रिश लिन ३१,दिपेन्द्र सिंह ऐरी १५, स्कट कुग्गेलेजिन ८, हर्मित सिंह ४ रनमा र आरिफ शेख शून्यमा आउट भए। यस्तै इशान पाण्डे र नरेन साउद क्रमश :६ र ४ रनमा नटआउट रहे।

पोखराका लागि जिम्मी निसम तीन, डान डाउथवैट र आकाश चन्दले समान दुई /दुई विकेट लिए।

पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग ५३ रनले हारेको थियो।   यता, सुदूरपश्चिमले अप्रत्यासित प्रदर्शन गर्दै काठमाडौं गोर्खाजविरुद्ध २९ रनको रवाफिलो जित निकालेको थियो।

गत संस्करण पोखरा र सुदूरपश्चिमबीच लिग चरणमा एक खेल भएको थियो। जहाँ सुदूरपश्चिमले ५ रनको झिनो अन्तरको जित निकालेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij