Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भुवन निर्देशित फिल्म बाटुलो जूनको छायांकन सुरु

भुवन निर्देशित फिल्म बाटुलो जूनको छायांकन सुरु

काठमाडौँ : ५ महिना अघि नै पोस्टर सार्वजनिक भएको फिल्म 'बाटुलो जून' को बल्ल छायांकन सुरु भएको छ । अनमोल केसी अभिनित यो फिल्मको निर्देशन भुवन केसीले गर्दैछन् । सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने फिल्मको आजै शुभसाइत गर्दै निर्माण पक्षले फिल्मको छायांकन थाल्यो ।यसअघि अनमोललाई लिएर 'ड्रिम्स' बनाएका भुवन १० वर्षपछि फेरि छोरालाई नै राखेर यो फिल्मको निर्देशनमा होमिएका हुन् ।

फिल्ममा अभिनेता अनमोलसँगै कलाकार प्रिन्सी खतिवडा र न्यान्सी खड्काको अभिनय रहनेछ । अन्य कलाकारमा प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटा छन् ।

ग्रामिण परिवेशमा बन्ने यो फिल्म प्रेमकथामा आधारित रहने बताइएको छ । ४५ दिनमा छायांकन सक्ने योजनासहित हिँडेको निर्माण टोलीले फिल्मलाई काठमाडौ, ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरामा खिच्नेछन् । सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको पटकथामा बन्ने फिल्मलाई राजेश श्रेष्ठले खिच्नेछन् । फिल्ममा रेनशा वान्तवा राईको कोरियोग्राफी रहनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट