Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपिएलः पोखराविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम

एनपिएलः पोखराविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ  :  राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेको छ। दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम लगातार दोस्रो जितको प्रयासमा छ। टोलीले पहिलो खेलमा काठमाडौँ गोर्खाजमाथि २९ रनको जित हासिल गरेको थियो।

यस्तै, कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्स पहिलो जितका लागि मैदानमा छन्। उनीहरूले पहिलो खेलमा विराटनगर किङ्ससँग पराजय भोगेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij