Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

चेतावनीसहित रिजन ढकाललाई एक डिमेरिट अंक दिइयो

चेतावनीसहित रिजन ढकाललाई एक डिमेरिट अंक दिइयो

काठमाडौं  :  चितवन राइनोजका खेलाडी रिजन ढकाल एनपीएलमा खेल भावनाविपरीतको व्यवहार देखाएकाले कारबाहीमा परेका छन्।

बिहीबार लुम्बिनी लायन्सविरुद्धको खेलमा रिजनले अम्पायरसँग एलबीडब्लूको माग गर्दा निर्णयप्रति असहमति जनाएपछि म्याच रेफ्रीले उनलाई चेतावनीसहित एक डिमेरिट अंकसहित कारबाही गरेका हुन्। रिजनले आफ्नो गल्ती स्वीकार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवन राइनोजलाई लुम्बिनी लायन्सले ६ विकेटले पराजित गरेको थियो। प्रतियोगितामा लुम्बिनीको यो पहिलो जित हो भने चितवनको पहिलो हार हो। चितवनले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध चार विकेटले जीत हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij