Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

लुम्बिनी लायन्सको विजयी सुरूवात, चितवन ६ विकेटले पराजित

लुम्बिनी लायन्सको विजयी सुरूवात, चितवन ६ विकेटले पराजित

काठमाडौं : नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले जितको सुरूवात गरेको छ। बिहिबार भएको खेलमा लुम्बिनीले चितवन राइनोजमाथि ६  विकेटले जित हात पारेको हो। १८.३  ओभर खेलेको लुम्बिनीका लागि रोहित पौडेल ३९ रन बनाए भने सन्दीप जोराले २८, डी आर्की र दिलिप नाथले क्रशम ११ र १० रन बनाए।  गुवाबदिन नैव ४४ रनमा अविजित रहे।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको  चितवनका लागि रवि बोपराले ५५ बलमा ४ चौका र तीन छक्काको मद्धतमा ६६ रन बनाए। त्यस्तै कुशल मल्लले १८ बलमा २१ रन बनाए। त्यसैगरी सैफ जैवले १५, देव खनालले १४ र दीपक बोहाराले १० रन बनाए।

त्यस्तै बलिङतर्फ लुम्बिनीका रूवेन ट्रुम्पलेन सर्वाधिक तीन विकेट लिए भने अभिशेष गौतम र गुलाबदिन नैवले दुई विकेट लिए।  यस अगाडि चितवनले कर्णाली याक्सलाई पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij