Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

फ्रान्समा एमआरएनए प्रविधिबाट क्यान्सर उपचारमा नयाँ प्रयास

फ्रान्समा एमआरएनए प्रविधिबाट क्यान्सर उपचारमा नयाँ प्रयास

अर्लियन्स (फ्रान्स)  :  फ्रान्सको एआरटी प्रयोगशालामा वैज्ञानिकले मानव शरीरभित्र कार्य गर्ने ‘मेसेन्जर आरएनए’ (एमआरएनए) प्रविधि प्रयोग गरेर घातक क्यान्सरको उपचारमा नयाँ सम्भावना खोजिरहेका छन्।

कोभिड-१९ खोपमा सफल बनेको एमआरएनए अहिले क्यान्सरविरुद्धको नयाँ आशाको रूपमा उदाउँदै छ। यसले शरीरका कोषमा डिएनएबाट सन्देश लिएर विशिष्ट प्रोटिन उत्पादन गर्छ, जसले ट्युमरसँग लड्ने क्षमता दिन सक्छ।

वैज्ञानिकहरूले एमआरएनए खोपलाई अल्ट्रासाउन्ड प्रविधिसँग संयोजन गरी अग्नाशय क्यान्सरमा नयाँ विधि परीक्षण गर्दैछन्। अल्ट्रासाउन्डले ट्युमर वरिपरिको ‘बङ्कर’ भत्काएर खोपलाई सजिलै ट्युमरसम्म पु-याउँछ। प्रारम्भिक परीक्षणले यस विधि सुरक्षित र प्रभावकारी रहेको देखाएको छ।

यो प्रयासले घातक अग्नाशय क्यान्सर बिरामीको जीवनदर बढाउने आशा जगाएको छ। बिहीबार विश्व अग्नाशय क्यान्सर दिवस पनि परेको छ, जसले यस विषयमा जागरण बढाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij