Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

लुम्बिनीले टस जितेर बलिङ रोज्यो, चितवनको पहिलो ब्याटिङ

लुम्बिनीले टस जितेर बलिङ रोज्यो, चितवनको पहिलो ब्याटिङ

काठमाडौँ  : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत अहिले  लुम्बिनी लायन्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा लुम्बिनीले टस जितेर बलिङ रोजेको छ । टस हारेको चितवनले पहिले ब्याटिङ गर्ने भएको छ ।

लुम्बनी नेपाली राष्ट्रिय टोलीको समेत कप्तान रहनुभएका रोहित पौडेलको कप्तानीमा छ । यस्तै चितवन कुशल मल्लको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेल खेल्न लागेको लुम्बिनी एनपिएलमा सुखद सुरुवात गर्ने लक्ष्यमा छ भने चितवन लगातार दोस्रो जित निकाल्ने तयारीमा छ ।

गसअघि आफ्नो पहिलो खेलमा चितवनले कर्णालीलाई चार विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij