Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भोलिबाट एन्फा गेटअगाडि ए डिभिजन क्लबहरूले आन्दोलन चर्काउने

भोलिबाट एन्फा गेटअगाडि ए डिभिजन क्लबहरूले आन्दोलन चर्काउने

काठमाडौं : एन्फा कम्प्लेक्सको गेट अगाडि ए डिभिजन क्लबहरूले आन्दोलन चर्काउने भएको छ। ए डिभिजन लिग तुरुन्त सुरु गर्न माग गर्दै शहीद स्मारक लिगका क्लबहरूले भोलि एन्फाको गेटमा आन्दोलन चर्काउने भएका हुन् ।

क्लबहरूले लिगका सबै प्रतियोगिता समयमै गर्न दबाब दिन, ए डिभिजन क्लबहरूसँगको सम्झौता कार्यान्वयन गर्न र अन्तराष्ट्रिय मापदण्ड अनुसार लिग प्रतियोगिता सञ्‍चालन गर्न माग गरेका छन् । यसअघि नेपाल फुटबल खेलाडी संघले सातदोबाटो एन्फा कम्प्लेक्स गेटमा धर्ना दिएको थियो । उनीहरूले पनि ए डिभिजन लिग तुरुन्त सुरु गर्न माग गर्दै घरेलु फुटबल नियमित गर्नुपर्ने आवाज उठाएका थिए।

वर्तमान राष्ट्रिय टिमका खेलाडीहरू अन्जन विष्ट रोहित चन्द एरिक विष्ट सनिश श्रेष्ठ लगायत चर्चित खेलाडिहरूका साथै विक्रम लामा, विकेश कुथु, विशाल श्रेष्ठ लगायत खेलाडीहरू एन्फा पुगेका थिए ।उनीहरूको एउटै माग थियो, ‘ए डिभिजन लिग हुनुपर्छ, खेलाडीले खेल्न पाउनुपर्छ, घरेलु फुटबल नियमित हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij