Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

सुदूरपश्चिमविरुद्ध काठमाण्डूले फिल्डिङ गर्ने

सुदूरपश्चिमविरुद्ध काठमाण्डूले फिल्डिङ गर्ने

काठमाडौं  : नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा काठमाण्डू गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेको छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जित्दै काठमाण्डूका कप्तान करण केसीले फिल्डिङ रोजेपछि सुदूरपश्चिम ब्याटिङमा उत्रनेछ।

काठमाण्डूका लागि यो प्रतियोगिताको दोस्रो खेल हो। उनले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

सुदूरपश्चिम भने पहिलोपटक मैदानमा उत्रिदैछ। यी दुई टोली पहिलो संस्करणमा एकपटक आमनेसामने भएका थिए, जहाँ सुदूरपश्चिमले काठमाण्डूलाई ७३ रनले हराएको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज अपराह्न ४ बजेदेखि खेल सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij