वर्जिनिया (अमेरिका) : बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीब वाजेदले भारतलाई गरिएको सुपुर्दगी अनुरोध अवैध भएको भन्दै नयाँ दिल्लीले यसलाई सम्बोधन नगर्ने विश्वास व्यक्त गर्नुभएको छ।
वाजेदले भारत सरकारलाई यो अनुरोध कसरी सम्हाल्ने राम्रोसँग थाहा भएको भन्दै, भारतीय लोकतन्त्र र विधिको शासनमाथि विश्वास व्यक्त गर्नुभएको छ।
बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सोमबार शेख हसिना र उनका निकट सहयोगी पूर्व गृहमन्त्री असदुज्जमान खानलाई मृत्युदण्ड सुनाएको छ। तेस्रो अभियुक्त, पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्ला अल-मामुनलाई सन् २०२४ जुलाई–अगस्टमा विद्रोहको क्रममा “मानवता विरुद्धको अपराध” गरेकोमा राज्य साक्षी बनेको कारण पाँच वर्ष जेल सजाय दिइएको छ।
हसिनाले फैसलाप्रति प्रतिक्रिया दिँदै बिना निर्वाचन बनेको सरकारले स्थापना गरेको र धाँधलीयुक्त न्यायाधिकरणको निर्णयले कुनै लोकतान्त्रिक जनादेश नभएको बताएकी छिन्।
यस अघि, भारतको विदेश मन्त्रालयले शेख हसिनासँग सम्बन्धित फैसलालाई ध्यानमा राखेको र बङ्गलादेशका जनताको सर्वोत्तम हितका लागि प्रतिबद्ध रहेको जनाएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij