Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मुटु तथा स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

मुटु तथा स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

चितवन : नेपाल हृदयरोग प्रतिष्ठान चितवन शाखा, चितवन उद्योग वाणिज्य संघ र चेम्बर बहुउद्देश्यीय सहकारी संस्था लि. को सयुक्त आयोजनामा आज चितवन उद्योग वाणिज्य संघको सभाहलमा मुटु तथा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

हरेक धड्कन जिवन हो ख्याल गरौ भन्ने नारासहित आयोजना गरिएको उक्त कार्यक्रमा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यावसायिक जीवन व्यस्त रहेकाले व्यक्तिगत स्वास्थ्यसम्बन्धी पनि ध्यान दिलाउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो । उहाँले व्यवसायीहरू धेरै समय व्यावसायिक कार्यमा व्यस्त हुने हुनाले र आफ्नाे स्वास्थ्य सम्बन्धमा ध्यान नदिइरहेकोले हामी स्वास्थ्य भए मात्र आर्थिक, सामाजिक विकास गर्न सक्षम हुने बताउँदै उहाँले व्यवसायी एवम् सबैलाई स्वास्थ्यलाई ख्याल राखेर कार्य गर्न अनुरोध गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख बक्ता मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीले मुटु तथा स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिदै मुटुरोगबाट बच्ने उपायहरू, हृदयघात हुने कारण, मुटुरोगका लक्षण, समस्याका बारेमा जानकारी गराउँदै सहभागिहरूको जिज्ञासा सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमका चितवन मुटु अस्पतालका विशेषज्ञ डा. शंकर लौडारीले मुटु तथा मुटुरोगका बारेमा जानकारी गराउँदै मुटुरोगको सबैभन्दा राम्रो प्रभावकारी उपचार सचेतना भएको बताउनुभएको थियो ।

कार्यक्रममा चेम्बर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भोजराज कौडाल, चितवन उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष महेन्द्रलाल प्रधान, देशीराम प्रधान, प्रचण्डलाल प्रधान, राजु श्रेष्ठ नेपाल हृदयरोग प्रतिष्ठान चितवन शाखाका निवर्तमा अध्यक्ष अशोक अधिकारी, नेपाल हृदयरोग प्रतिष्ठान चितवन शाखाका पूर्व अध्यक्षहरु, पदाधिकारी कार्यसमिति, चितवन उद्योग वाणिज्य संघका पदाधिकारी लगायत संघका कार्यसमिति वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी, चेम्वर बहुउद्देश्यीय सहकारी संस्था लि. का कार्यसमिति पदाधिकारी गरी करिब ७० जनाको सहभागिता रहेको थियो ।

नेपाल हृदयरोग प्रतिष्ठान चितवन शाखाका सभापती लिलाराज खरेलको अध्यक्षता सम्पन्न कार्यक्रम चितवन उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij