Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

‘म सेवा गर्छु’ मूल नारासहित आदिकवि भानुभक्त क्याम्पसमा युवा रेडक्रस सर्कल छात्रवृत्ति अक्षयकोष स्थापना

‘म सेवा गर्छु’ मूल नारासहित आदिकवि भानुभक्त क्याम्पसमा युवा रेडक्रस सर्कल छात्रवृत्ति अक्षयकोष स्थापना

क्याम्पस सूचना डेस्क, तनहुँ  : ‘म सेवा गर्छु’ भन्ने मूल नारासहित आदिकवि भानुभक्त क्याम्पसमा युवा रेडक्रस सर्कल छात्रवृत्ति अक्षयकोष (२०८२) स्थापना कार्यक्रम बुधबार सम्पन्न भएको छ। क्याम्पस सभा हलमा भएको सो समारोहको अध्यक्षता सर्कलका अध्यक्ष सुमन खड्काले गर्नुभयो भने क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार मुख्य आतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा नेपाल युवा रेडक्रस सोसाइटीकी उपसभापति नारायणी अधिकारी, क्याम्पस प्रमुख महाप्रसाद ढकाल, नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला जुनियर तथा युवा समितिका प्रमुख, सर्कलका पूर्व अध्यक्ष विमल गिरी, स्ववियु अध्यक्ष अनुप आले मगर लगायत अतिथिहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा विभिन्न संयोजक, विभाग प्रमुख, प्राध्यापक, पूर्व पदाधिकारी, विद्यार्थी प्रतिनिधि तथा क्लब र सोसाइटीका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सो अवसरमा अध्यक्ष सुमन खड्काले रु. १,००,००० (एक लाख रूपैयाँ) को छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको घोषणा गर्दै चेक तथा करारनामाको पत्र क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार र क्याम्पस प्रमुख महाप्रसाद ढकाललाई हस्तान्तरण गर्नुभएको थियो।

सर्कलका तर्फबाट कोष स्थापना अभियानमा विशेष सहयोग पुर्याउने सबै महानुभावप्रति धन्यवाद व्यक्त गरिएको थियो। कार्यक्रमको स्वागत सर्कलका कोषाध्यक्ष रोशन ओझाले गर्नुभएको थियो भने सञ्चालन सचिव मौसमि थापाले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij