वासिङटन डीसी : अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दक्षिण कोरियाली अटो निर्माता ह्युन्डाईसँग अवैध कामदार राखिएको घटनामा माफी मागेको छ। कम्पनीका प्रमुख कार्यकारी जोस होसे मुन्योफले बुधबार जानकारी दिएका छन्।
जर्जियामा ह्युन्डाईको कारखानामा अवैध कामदारसम्बन्धी अधिकारमन्त्रीको व्यापक छापामारीपछि ह्वाइट हाउसले फोनमार्फत माफी मागेको मुन्योफले बताए। त्यस्तै, जर्जियाका गभर्नरले पनि आफूलाई फोन गरेर सो घटना आफ्नो क्षेत्राधिकारमा नपरेको र त्यसबारे थाहा नभएको स्पष्ट पारेका थिए।
सेप्टेम्बरमा ह्युन्डाई र एलजीको संयुक्त ब्याट्री कारखानामा छापा मार्दा ३०० भन्दा बढी कामदार पक्राउ परेका थिए। छापामारीको क्रममा कामदारलाई भुइँमा जर्बजस्ती बसाएर हातखुट्टा बाँधिएको दृश्यले दक्षिण कोरियाली जनसमुदायमा आक्रोश बढाएको थियो।
मुन्योफका अनुसार, अमेरिका र दक्षिण कोरियाबीच तनाव बढेको अवस्थामा, कम्पनीका लागि यो घटना एकदमै ‘ब्याड सप्राइज’ सावित भएको छ। घटनापछि हिरासतमा राखिएका कामदारलाई एक हप्ताभन्दा बढी समयसम्म छोडिएको थिएन।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij