Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

एनपिएल क्रिकेट : पोखरालाई ५३ रनले हराउँदै विराटनगर विजयी

एनपिएल क्रिकेट : पोखरालाई ५३ रनले हराउँदै विराटनगर विजयी

काठमाडौँ : नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटमा विराटनगर किङ्सले विजयी सुरुवात गरेको छ।आज भएको दोस्रो खेलमा पोखरा एडभेन्चर्सलाई ५३ रनले हराउँदै विराटनगरले विजयी सुरुवात गरेको हो। जितका लागि विराटनगरले दिएको २२१ रनको कीर्तिमानी लक्ष्य पछ्याएको पोखराले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्र बनाउन सक्यो।

उसका लागि कप्तान कुशल भूर्तेलले सर्वाधिक ५९ रनको योगदान गरे पनि जित दिलाउन सकेनन्। आदम रोसिङटनले ३९, डान डाउथवेटले २९ तथा अभिषेक तिवारीले ११ रन बनाए पनि अन्य खेलाडीहरूले दोहोरो अंकको रन बनाउन सकेनन्।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङमा तानिएको विराटनगरले निर्धारित ओभरमा ६ विकेट गुमाएर कीर्तिमानी २२० रन बनाएको थियो। अहिलेसम्मको एनपिएल इतिहासमा  विराटनगरले बनाएको यो नै सर्वाधिक रन हो।उसका लागि लोकेश बम र मार्टिन गप्टिलले विस्फोटक ब्याटिङ गरे। लोकेशले ७२ रन बनाउँदा गप्टिलले ६० रन जोडे। शुभम रञ्जनेले ३८ तथा बसीर अहमदले २३ रन बनाए। जर्ज मन्सी १० रनमा समेटिए। नारायण जोशी ११ रनमा अविजित रहँदा प्रतीश जीसीले खाता नै खोल्न सकेनन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij