काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध फिल्डिङ गर्ने भएको छ।
मंगलबार (मंसिर २) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराका कप्तान कुशल भुर्तेलले टस जित्दै विराटनगरलाई पहिला ब्याटिङका लागि आमन्त्रण गरे।
दिउँसो ४ बजेबाट सुरु हुने यो खेल दुवै टिमका लागि महत्वपूर्ण मानिँदै आएको छ।
एनपीएलको पहिलो संस्करणमा पनि यी दुई टिम आमनेसामने भएका थिए, जहाँ विराटनगरले सुपर ओभरमा पोखरालाई पराजित गरेको थियो।
पहिलो संस्करणमा दुवै टिम लिग चरणबाटै बाहिरिएका थिए—विराटनगर पाँचौँ र पोखरा सातौँ स्थानमा रहँदै प्रतियोगिता टुंग्याएका थिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij