काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
टीयु क्रिकेट मैदानमा भएको टसमा चितवनका कप्तान कुशल मल्लले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन्। दुबै टोली लिगको राम्रो सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रेका छन्। चितवन यो सिजन पनि युवा कप्तान कुशल मल्लको नेतृत्वमा खेलिरहेको छ।
आजै दोस्रो खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुँदैछ। हिजो पहिलो दिनको खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई काठमाडौं गोर्खाजले ५ विकेटले हराउँदै सानदार सुरुवात गरेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij